News
स्वीजरल्याण्ड र आयोजक जर्मनी क्वाटरफाइनलमा

काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन इटालीमाथि सनसनीपूर्ण जित निकालेको स्वीजरल्याण्ड र दावेदार मध्ये एक आयोजक जर्मनी जारी युरोप कपको क्वाटरफाइनलमा प्रवेश गर्ने शुरुवाती दुई टोली बनेका छन् ।
बर्लिनमा भएको पहिलो प्रिक्वाटरफाइनलतर्फ स्वीजरल्याण्डले इटालीमाथि र जर्मनीले डेनमार्कमाथि समान २–० को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेका हुन् ।
स्वीजरल्याण्डको जितमा खेलको ३७औं मिनटमा रेमो फ्लुलर र ४६औं मिनटमा रुबेन मार्टिनेजले गोल गरे । त्यस्तै डेनमार्क विरुद्ध जर्मनीको जितमा ५३औं मिनटमा काइ हेभर्जले पेनाल्टीबाट गोल गरे भने ६८औं मिनटमा जमल मुसिआलाले दोस्रो गोल गरेका थिए ।
क्वाटरफाइनलमा जर्मनीले स्पेन वा जर्जियासँग खेल्नेछ भने स्वीजरल्याण्डले इङल्याण्ड वा स्लोभेनियासँग खेल्नेछ । क्वाटरफाइनल खेलहरु भने ५ जुलाईदेखि शुरु हुने कार्यक्रम छ ।
Post Comments
Related News
- रियल फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा
- फिफा क्लब विश्वकपःअल–हिलालद्वारा साविक विजेता सिटी नकआउट, मिलान पनि बाहिरियो
- कनकाफ गोल्डकपः आयोजक अमेरिका सेमिफाइनलमा, क्यानडा स्तब्ध
- फिफा क्लब विश्वकपः पिएसजी र बायर्न क्वाटरफाइनलमा
- एएफसी महिला एसियन कप छनौटः नेपाल कै समूहमा रहेको उज्वेकिस्तानको पनि फराकिलो जित