News
बागमतीलाई दोस्रो उपमेयर महिला गोल्डकपको उपाधि

गाईघाट । यहाँ सम्पन्न दोस्रो उपमयर महिला गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि बागमती युवा क्लब, सर्लाहीले जितेको छ । फाइनलमा धरान महिला फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै बागमती च्याम्पियन बनेको हो ।
थरुहट रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा बागमतीका लागि खेलको १८औं मिनटमा बिष्णु बलले गरेको एक मात्र गोल टोलीलाई उपाधि जिताउन एक मात्र निर्णायक गोल बन्यो ।
विजेता बनेको बागमतीले उपाधिसहित नगद १ लाख १० हजार हात पार्यो भने उपविजेता धरानले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
उदयपुर जिल्ला फुटबल संघ, उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिका, गाईघाट, उदयपुरको मुख्य प्रायोजनमा असार ११ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)