News
सगरमाथालाई एम्पुटी फुटबल उपाधि
काठमाडौं । सगरमाथाले पारा तथा विशेष खेलकुदअन्तर्गत एम्पुटी पुरुष फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा भएको फाइनलमा सगरमाथाले नेपाल आर्मीलाई टाइब्रेकरमा ५–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । आर्मीबाट पेरिस पारालिम्पिकमा नेपालबाट पौडीमा सहभागिता जनाउने भीमबहादुर कुमालले पनि खेलेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा पिस युनाइटेड तेश्रो भयो । पिस युनाइटेडले राइजिङ युथलाई ३–१ गोलले हरायो ।
आर्मीका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी तथा सगरमाथाका विकाससिंह महतरा उत्कृष्ट गोलरक्षक घोषित भए । विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा र एम्पुटी खेलकुद समाज, नेपालका अध्यक्ष मदनमान सिंह रोकायाले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ४ टिमले प्रतिस्पर्धा गरेका थिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)