News पाकिस्तानी मूलकी मुस्ताक नापोलीमा आवद्ध
गोलनेपाल

काठमाडौं (एजेन्सी) । इटालियन सिरि ए जायन्ट नापोली एफसीले पाकिस्तानी मूलकी अक्सा मुस्ताकलाई अनुवन्ध गरेको छ । इङल्याण्डको ब्राडफोर्ड निवासी मुस्ताकले सन् २०१९–२० को सिजन अमेरिकी क्लब लेनोइर–राइन युनिभर्सिटीका खेलेकी थिईन् ।

युनिभर्सिटीका लागि १७ खेलमा १३ गोल गर्दै सनसनी मच्याएकी २२ बर्षिया मुस्ताक साउथ एटलान्टिक प्लेयर अफ द इयर समेत घोषित भएकी थिईन् ।

मिडफिल्डर पोजिसनमा खेल्ने मुस्ताकलाई अनुवन्ध गरेको कुरा नापोलीले आफ्नो आधिकारिक पेजमा खबर पोष्ट गर्दै पुष्टी गरेको छ । रिपोर्टअनुसार मुस्ताकले नापोलीमा १२ नम्बर जर्सी लगाउने छिन् ।

 

Post Comments