काठमाडौं । ललित स्मृति एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले प्रतियोगिता तयारी पूरा भएकोबारे जानकारी गराउन बुधबार एक कार्यक्रमको आयोजना गरेको थियो ।
एन्फाका अनुसार लिगमा सहभागिता जनाउने कुल १२ टोलीहरुले तयारी खर्च वापत जनही ३ लाख ५० हजारका दरले तयारी खर्च पाउने पनि जानकारी गराइयो । लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार पाउने लिग संंयोजक दिपक खतिवडाले जानकारी दिए ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले पनि जनही १५–१५ हजारका दरले नगद पुरस्कार र ट्रफी हात पार्ने संयोजक खतिवडाले बताए । त्यस्तै प्रतियोगिताको प्रत्यक्ष प्रसारण एन्फाको आधिकारिक युट्युब च्यानल र फेसबुक पेजमा हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
स्मरण रहोस, यही असार ३० गतेदेखि एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताको उद्घाटन खेलमा न्युरोडटिम (एनआरटी) र चर्च ब्वाईज युनाइटेड भिड्ने कार्यक्रम छ । डबल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष स्थान हासिल गर्ने टोली लिग विजेता बन्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)