News
रोहित पेर्सिक मै रहने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका महत्वपूर्ण सदस्य तथा अनुभवी डिफेन्डर रोहित चन्द आफ्नो वर्तमान इण्डोनेसियन क्लब पेर्सिक केदिरी मै रहने भएका छन् ।
यो कुराको पुष्टी क्लबले पनि आफ्नो सामाजिक सञ्जालमार्फत आधिकारिक रुपमा पुष्टी गरेको छ । यो पुष्टी भएसँगै रोहितले इण्डोनेसियाको शिर्ष लिगमा थप सिजन खेल्ने निश्चित भएको छ ।
सन् २०२२ मा अर्को इण्डोनेसियन क्लब पेर्सिजा जकार्ताबाट केदिरीमा आवद्ध भएका रोहितले टोलीका लागि महत्वपूर्ण खेलाडीका रुपमा नियमितजसो पहिलो रोजाईमा रहेर खेल्दै आइरहेका छन् ।
पेर्सिकलाई गत सिजन इण्डोनेसियन सुपर लिगको नवौं स्थानमा ल्याएर सिजनको समापन गर्न रोहितको पनि महत्वपूर्ण भूमिका रह्यो । यद्यपि रोहितले क्लबका लागि अहिलेसम्म महत्वपूर्ण उपाधि र सफलता भने हात पार्न सकेका छैनन् ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय