News
धरान इन्जिनियर्सलाई उपाधि

इटहरी । नेपाल इन्जिनियर्स एसोसिएशन, दोस्रो कार्यकारिणी समिति, कोशी प्रदेशको आयोजनामा सम्पन्न इन्जिनियर्स कप एक दिने फुटसल प्रतियोगिताको उपाधि धरान इन्जिनियर्सले जितेको छ ।
इटहरी–५ स्थित पाथिभरा फुटसलमा भएको उपाधि भिडन्तमा धरान इन्जिनियर्सले युथ इन्जिनियर्स, मेचीलाई २–१ ले हराउँदै विजेता बन्न सफल भएको हो ।
विजेता बनेको धरान इन्जिनियर्सले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता युथ इन्जिनियर्सले १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
६२औं इन्जिनियर्स दिवसको अवसर पारी आयोजित प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments