News दक्षिण कोरियामा नेपाली टोलीलाई उपाधि
गोलनेपाल

काठमाडौं । दक्षिण कोरियामा रहेको नेपाली समुदायको फुटबल टोलीले त्यहाँ सम्पन्न भएको आप्रवासी फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

दक्षिण कोरियाको गुनसान स्थित भियतनाम समाजले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधि नेपाली टोलीले जितेको हो । नेपाली टोलीले फाइनलमा दावेदार मानिएको भियतनामलाई ३–२ ले हरायो । नेपाली टोलीको जितमा दिनेश राईले दुई तथा गणेश राईले एक गोल गरे ।

दक्षिण कोरियाको छल्लाबोक्दो प्रान्तको गुनसानस्थित ओसिक्दो दोङको सेङमाल फुटबल मैदानमा सम्पन्न प्रतियोगिताको विजेता नेपाली टोलीले उपाधिसहित नगद १० लाख कोरियन वोन हात पार्न सफल भयो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीको समय प्रतिकूलताका बावजुद स्वास्थ्यको उच्च जोखिम मोलेर सयौँको ंसंख्यामा खेलाडी र दर्शकहरुले उपस्थिति प्रतियोगितामा दक्षिण कोरिया, भियतनाम, थाइल्याण्ड, पूर्वीै टिमो र नेपाली टोलीले सहभागिता जनाएका थिए ।

 

Post Comments