News पिस प्वाइन्टका उत्कृष्ट खेलाडीलाई मछिन्द्र क्लबबाट यू-१८ राष्ट्रिय टुर्नामेन्ट खेल्ने अवसर
गोलनेपाल

काठमाडौँको मुटु कात्यायानीचोक, मध्यबानेश्वरमा रहेको पिस प्वाईन्ट बोर्डिङ्ग स्कूल/कलेज र शहिद स्मारक ए डिभिजन राष्ट्रिय फुटबल टुर्नामेन्टको डिफेन्डीङ्ग च्याम्पीयन मच्छिन्द्र क्लबबिच द्धिपक्ष सम्झौता भएको छ ।

बिद्यार्थी खेलाडीको खेल कौशलता तथा सम्भावनालाई मध्यनजर गरि यसै बर्षदेखि कक्षा ११ र १२ को उत्कृष्ट खेलाडीलाई यु-१८ राष्ट्रिय फुटबल टुर्नामेन्टमा खेल्ने अवसर प्रदान गरिने गरी सम्झौता गरिएको स्कुलकी प्राचार्य इशु गुरुङ्गले बताउनु भयो ।

सम्झौता पश्चात राष्ट्रिय फुटबल टिमका क्याप्टेन सुजल श्रेष्ठ भन्छन्-मैले फुटबल प्रतिको मोह पिस प्वाइन्ट युवा खेलाडीहरुमा आफुले देखेको छु । उनीहरूले निकट भविष्यका लागि ठूलो सम्भावनाहरू बोकेका छन् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान दिन सक्ने सम्भावन छ । युवा प्रतिभा पूरा गर्न तथा स्कूलसंग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दछु ।

पिस प्वाइन्टका कोच पुकार थापा भन्छन्-मछिन्द्र क्लबसंगको सम्झौताले विद्यार्थी खेलाडीहरुमा आफुलाई अब्बल सावित गर्ने थप अवसर प्रदान भएको छ । फुटबल खेलको विकासका लागि विद्यालय टिमलाई नै थप हौसला थपिएको ।

शिक्षासंगै विद्यार्थीको फुटबल खेलको विकासमा केन्द्रित रहेको पिस प्वाइन्टले विद्यालय तहको राष्ट्रिय फुटबल टुर्नामेन्ट ‘पिस प्वाइन्ट कप’ चौथौ श्रृंखलासम्म सफलता पुर्वक सम्पन्न गरिसकेको छ । हरेक वर्ष सानोगौचरण फुटबल ग्राउण्ड गरिदै आएको उक्त टुर्नामेन्टमा उपत्यका रहेका प्रतिष्ठित स्कूलहरुको सहभागिता रहदै आएको छ । जसमा चार वटै संस्करणमा पिस प्वाइन्टले प्रथम स्थान हासिल गरेको थियो । यस्तै उपत्यका भित्र भएका फुटबल टुर्नामेन्टमा समेत आफ्नो उत्कृष्टता दिँदै पिस प्वाइन्टका खेलाडीहरुले थुप्रै सफलता हासिल गरिसकेका छन् ।

पिस प्वाइन्टमा अध्ययनरत अनिल चौलागाई एन्फा यू-१६ अन्तर्गत भारतमा साफ खेलिसकेका छन् । पिस प्वाइन्ट फुटबल टिमका क्याप्टेन राम ढकाल यू-१८ अन्तर्गत बृगेट ब्वाईज, मनाङ मस्र्यांदि, एपिएफ टिम लगायतबाट उत्कृष्ट खेल प्रदर्शन गरिसकेका छन् । पिस प्वाइन्टका गोल रक्षक नविन सिलवाल यू-१८ अन्तर्गत मनाङ मस्र्यांदि, सोसिएल क्लब लगायत विभिन्न क्लबमा गोल रक्षक भई उत्कृष्ट खेल प्रदर्शन गरिसकेका छन् । पिस प्वाइन्टमा कक्षा १२ मा अध्ययनरत मौसम अन्छङ्बो एन्फा रेफ्रीमा छनोट भईसकेका छन् ।

माध्यमिक शिक्षा अन्तर्गत पिस प्वाइन्ट बोर्डिङ्ग स्कूलले कक्षा ११ का लागि व्यबस्थापन, मानविकी र कानुन विषयको कोर्षहरु सञ्चालन गरिरहेको छ । पढाईसंगै विभिन्न अतिरिक्त गतिविधिमा प्रतिभावान विद्यार्थीहरुलाई छात्रवृत्ति सहित शिक्षा प्रदान गरिरहेको पिस प्वाइन्टले फुटबलमा दख्खल भएका विद्यार्थीहरुलाई विशेष छात्रवृद्धि प्रदान गर्दै नयाँ विद्यार्थीहरुको भर्ना लिइरहेको स्कूल प्रशासनले जनाएको छ ।

तस्विरः पिस प्वाईन्ट बोर्डिङ्ग स्कूल/कलेज

Post Comments