News
चर्च ब्वाईजको स्क्वाडमा छिरिङ थपिए

काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक छनौट खेल खेल्ने तयारीमा रहेको नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडले आफ्नो स्क्वाडमा नेपालका अन्तर्राष्ट्रिय खेलाडी छिरिङ लामालाई थपेको छ ।
क्लबले आफ्नो सामाजिक सञ्जालमार्फत लामालाई स्क्वाडमा सामेल गरेको कुरा जानकारी गराएको हो । त्यसो त टोलीमा राष्ट्रिय टोलीका अधिकांश खेलाडीहरु यसअघि नै सामेल भईसकेका छन् । जसमा अन्जन बिष्ट, अनन्त तामाङ, आयुष घलान, लाकेन लिम्बु, सनिस श्रेष्ठ, दिप कार्की, एरिक बिष्ट जस्ता खेलाडीहरु पनि समावेश छन् ।
स्मरणीय छ, चर्च ब्वाईजले एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको खेलमा भुटानको पारो फुटबल क्लबसँग आउँदो अगस्त १३ तारीखका दिन खेल्ने कार्यक्रम छ । जुन खेल काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछ ।
Post Comments
Related News
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि