काठमाडौं । एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबारदेखि शुरु भएको पाँचौं चरणको खेलतर्फ मच्छिन्द्र फुटबल क्लबले तेस्रो जित दर्ता गर्दा संकटा क्लब र एनआरटीले बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले एपिएफ फुटबल क्लबमाथि २–१ को जित निकाल्यो । यो नतिजापछि ५ खेलबाट ११ अंक जोडेको मच्छिन्द्र शिर्ष स्थानमा उक्लिएको छ । पराजित एपिएफ ७ अंकका साथ छैठौं स्थानमा छ ।
त्यस्तै आइतबार नै भएको अर्को खेलमा संकटा क्लब र एनआरटीले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि संकटाको ५ खेलबाट ३ अंक भएको छ र लिगतालिकाको शिर्ष दशभित्र उक्लिएको छ । उता एनआरटीको खातामा भने १० अंक भएको छ र शिर्ष तीनमा उक्लिएको छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)