News ओलम्पिक महिला फुटबल: जापानसँग ब्राजील स्तब्ध
गोलनेपाल

काठमाडौ (एजेन्सी)। फ्रान्समा जारी ओलम्पिक गेम्सको महिला फुटबलतर्फ संवरण उपाधिको दावेदार ब्राजीलले एसियाली राष्ट्र जापानसँग स्तब्धपुर्ण हार बेहोरेको छ ।

पेरिस शहरमा भएको समूह सी तर्फको आफ्नो दोस्रो खेलमा ब्राजीलले जापानसँग १-२ को हार बेहोरेको हो । खेलको ५६औं मिनेटमा जेनिफरको गोलबाट अग्रता बनाएको ब्राजीलले त्यसलाई अन्तिम केही समय जोगाउन सकेन ।

खेलको अन्तिमतिर इन्जुरी समयमा साके कुमागाईले लगातार दुई गोल गर्दै जापानको रोमाञ्चक जित पक्का गरेकी थिईन । स्मरण रहोस, आफ्नो पहिलो खेलमा जापानले स्पेनसँग २-१ को हार बेहोरेको थियो भने ब्राजीलले नाईजेरियालाई १-० ले हराएको थियो ।

जापानले अब ३१ जुलाईका दिन हुने निर्णायक खेलमा नाईजेरियाको सामना गर्नेछ भने, सोही दिन ब्राजीलले स्पेनसँग खेल्नेछ ।

Post Comments