काठमाडौं । एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत एनआरटीले आफ्नो शिर्षताको होड कायम राख्दा संकटा क्लबले सिजनको पहिलो जित दर्ता गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले मच्छिन्द्र फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । यो नतिजापछि ६ खेलबाट १३ अंक जोडेको एनआरटीले शिर्ष टोली नेपाल पुलिस क्लबसँग अंक बराबरी गरेको छ ।
यद्यपि पुलिसले एक खेल कम खेलेको छ । त्यस्तै पराजित मच्छिन्द्रको खातामा भने ६ खेलबाट ११ अंक छ र शिर्ष तीन कै होडमा आफुलाई कायम राखेको छ ।
बुधबार नै भएको अर्को खेलमा संकटा क्लबले पहिलो जित हात पार्ने क्रममा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हरायो । यो जितपछि संकटाको खातामा ६ खेलबाट ६ अंक भएको छ र लिगतालिकाकोमध्यतिर उक्लिन सफल भएको छ । पराजित आर्मीको खातामा भने ४ अंक छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान