News
बिमल निर्णायक बन्दा जुनियर एफसी सेमिफाइनलमा
बुढिगंगा । जुनियर फुटबल क्लब, लखन्तरी, मोरङ यहाँ जारी प्रथम बुढिगंगा मनसुन कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा जुनियरले ग्रीन सिटी फुटबल क्लब, बनरझुला, मोरङलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।
खेलमा जुनियरका लागि बिमल बिकले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने जुनियर कै गोलरुक्षक शाहिल तपदार घोषित भए ।
प्रतियोगिता अन्तर्गत साउन २३ गते बुधबारको पहिलो सेमिफाइनल खेल शान्ति युवा स्र्पोटिङ क्लब, इटहरी र गोल्डेन स्टार युथ क्लब, भलुवा (जुनियर) बीच हुने आयोजकले जानकारी दियो ।
यही साउन २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।
Post Comments