काठमाडौं । एन्फा युथ लिगतर्फ सातौं चरणका अन्तिम दुई खेलहरुमा थ्रीस्टार क्लब र चर्च ब्वाईज युनाइटेडले जित हात पारेका छन् ।
मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले सातदोबाटो युथ क्लबमाथि ३–० को जित निकाल्यो । थ्रीस्टारको जितमा सनिल स्याङ्तन, रोमन श्रेष्ठ र चित्र नेपालीले गोल गरे ।
यो जितपछि ७ खेलबाट १० अंक जोडेको थ्रीस्टार लिगतालिकाको छैठौं स्थानमा छ । उता पराजित सातदोबाटो भने ४ अंकका साथ ११औं स्थानमा छ ।
त्यस्तै अर्को खेलमा चर्च ब्वाईजले एफसी खुमलटारलाई २–१ ले हरायो । चर्च ब्वाईजका लागि सन्दिप ठाडामगर र आभास रोकाले गोल गरे । पराजित खुमलटारका लागि एलिस श्रेष्ठले गोल गरेका थिए ।
यो जितपछि ७ खेलबाट १३ अंक जोडेको चर्च ब्वाईज पाँचौं स्थानमा छ । पराजित खुमलटार भने ३ अंकका साथ पुछारमा छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान