काठमाडौं । हालै भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबमा आवद्ध भएका जापानी स्टार केइसुके होण्डाले पारोका लागि पहिलो खेल खेलेका छन् । पारोका लागि होण्डाको आधिकारिक डेब्यु खेले नभए तापनि सो प्रदर्शन खेलमा पारोले भुटानको यु–२० फुटबल टोलीलाई हरायो ।
पारो एफसी र भुटान फुटबल फेडरेशनको संयुक्त आयोजनामा भुटानको राष्ट्रिय रंगशाला चाङलिमिथाङमा भएको खेलमा पारोले भुटानको युथ टोलीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । खेलमा होण्डाले पारेका लागि पुरा समय खेल्दै टोलीको जितमा महत्वपूर्ण भूमिका पनि खेले ।
स्मरण रहोस, पारोले यही अगस्त १३ तारीखका दिन एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको छनौट खेलतर्फ नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडसँग खेल्ने कार्यक्रम छ । जुन खेल काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछ । चर्च ब्वाईजले होण्डाले पनि खेल्ने लगभग तय भईसकेको छ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल