
मकवानपुरको मनहरी गाउँपालिका-९ रजैयाको केदारेश्वर युवा क्लवको आयोजनामा जारी रजैया कप फुटबल प्रतियोगितामा योङ ब्वाइज क्लव र राप्तिरिभर फुटबल क्लव (आर आर एफसी) बिजयी भएका छन। ।
शनिबार भएको पहिलो खेलमा योङ ब्वाइजले हरियाली युवा क्लव ज्यामिरेलाई १-० गोल अन्तरले हराएको हो । योङ ब्वाइजको लागि निर्णायक गोल राजकुमार लामाले गरेका हुन् ।
उनी खेलको म्यान अफ द म्याच हुँदै उनले नगद एकहजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । यस्तै दोस्रो खेलमा आर आर एफसीले ड्रीम ब्वाइज क्लव लोथरलाई २-० गोल अन्तरले हरायो । आर आर एफसीको लागि अमिर श्रेष्ठ र सुनिल सुनारले एक/एक गोल गरेका हुन् । खेलमा आरआर एफसीका अमिर श्रेष्ठ म्यान अफ द म्याच भए । उनले नगद एकहजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
जारी प्रतियोगितामा आइतबार सानान्टार यूथ क्लव र सगरमाथा क्लव पदमपोखरी र खरङ्गाको क्लव र जनजागरण क्लव मसिने ए को बीचमा खेल हुने आयोजक केदारेश्वर क्लवका अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद ३० हजार र उपविजेताले १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
- दिव्य स्पोर्टस एकेडेमीलाई नागस्वती युथ कपको उपाधि
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई