काठमाडौं । अर्को महिना नेपाल मै आयोजना हुन गईरहेको साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप छनौटका लागि नेपालको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले शनिबार २३ सदस्यीय नेपाली यु–२० फुटबल टोलीको फाइनल स्कवाड घोषणा गरेको हो । स्मरण रहोस, नेपाली यु–२० टोली केही सातादेखि बन्द प्रशिक्षणमा थियो ।
साथै युथ टोलीले चर्च ब्वाईज युनाइटेडसँग दुई मैत्रीपूर्ण फुटबल म्याच पनि खेलेको थियो । यद्यपि युथ टोलीले दुवै खेलमा हार बेहोरेको थियो ।
नेपालमा हुन गईरहेको साफ यु–२० च्याम्पियनसिप यही अगस्त १८ (भदौ २ गते) तारीखदेखि शुरु हुँदैछ । समूह ए मा रहेको नेपालले उद्घाटन खेलमै श्रीलंकासँग खेल्नेछ । सो समूहमा नेपाल र श्रीलंका बाहेक बंगलादेश पनि रहेको छ ।
त्यस्तै समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल २८ अगस्तका दिन हुनेछ । त्यस्तै प्रतियोगिताका सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् ।
नेपाली यु–२० फुटबल टोलीको फाइनल स्क्वाडः

- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान