तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा पॉचौ गाउँपालिका अध्यक्ष आमन्त्रित पुरूष फुटबल प्रतियोगिता साउन ३० गते देखि भदौ ४ गते सम्म सन्चालन हुने भएको छ ।
9A Side को छथर खेल मैदानमा सन्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बु सन्तोष तिगेलाले जानकारी दिनुभयो ।
छथर गाउँपालिकाको आयोजनामा सन्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र तथा उपविजेताले १ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार सहित टोकन अफ लभले सम्मान गरिने बताईएको छ । त्यस्तै वेस्ट प्लेयर,वेस्ट डिफेन्डर,वेस्ट गोल रक्षक,मिड फिल्डर,फर्वाडर र हाइ स्कोररलाई नगद ३ हजार सहित प्रमाण पत्रले सम्मान गरिने तिगेलाले बताउँनु भयो प्रतियोगिताका लागि सहभागि टिमहरू- छथर गाउँपालिका तेह्रथुम,पाथिभरा फुटबल क्लब इटहरी,पन्चायन एफ सी सुनसरी,चुलाचुली स्पोटिङ क्लब दमक,छथर जोरपाटी धनकुटा,सुन्दर हरैचा खुर्साने मोरङ,एफ सी कुपी र सशस्त्र प्रहरी बल पकली रहेका छन ।
उद्घाटन खेल साउन ३० गते कर्मचारी vs जनप्रतिनिधि बिच हुनेछ भने प्रतियोगितात्मक खेल साउन ३१ गते देखि सन्चालन हुने आयोजकले जानकारी दिएको छ ।
यसै गरी भाद्र २ गते म्याङलुङ नगरपालिका vs छथर गाउँपालिका बिच मैत्रीपूर्ण महिला खेल समेत रहने खेल संयोजक रूपम अधिकारीले जानकारी दिनुभयो ।
- बि.बि.सि.तेह्रथुमलाई नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि
- छथर जोरपाटि र बि.बि.सि. फाइनलमा भिड्ने
- छथर जोरपाटी धनकुटा तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको फाइनलमा प्रवेश
- प्यारालाइसिस अवस्थामा रहेका तेह्रथुमका एन्फा रेफ्री सुमन खापुङको आज मुटुको अप्रेशन हुँदै
- नेत्र गुरागाई स्मृति गोल्डकपको सेमिफाइनल समीकरण पूरा