News
प्रिती स्पेनिस ब्राण्डको एम्बेसडर

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार मिडफिल्डर प्रिती राई मैदान भित्र मात्र नभई मैदान बाहिर पनि व्यवसायिक रुपमा उत्तिकै व्यस्त बन्ने नेपाली खेलाडी मध्येमा पर्छिन् ।
पछिल्लो समय यता विभिन्न व्यवसायीक कम्पनी र ब्राण्डहरुमा आवद्ध प्रितीले सोही सूचीमा अर्को नाम थपेकी छिन् । अर्थात् प्रिती चर्चित स्पेनिस स्पोर्टस क्लथिङ ब्राण्ड जोमाको ब्राण्ड एम्बेसडर बनेकी छिन् ।
प्रितीले जोमासँग सहकार्य गर्न पाउँदा आफू निकै खुशी र उत्साहित रहेको प्रतिक्रिया दिएकी छिन् । त्यसो त प्रितीले यसअघि मोबाईल कम्पनी, शैक्षिक प्रतिष्ठानहरु लगायतसँग जोडिएर पनि सहकार्य गरिसकेकी छिन् ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)