News
राष्ट्रिय यु–१७ टोलीको टिम व्यवस्थापकमा बिजेन्द्र नियुक्त
काठमाडौं । नेपालको राष्ट्रिय यु–१७ फुटबल टोलीको टिम व्यवस्थापकमा बिजेन्द्र पुडासैनी नियुक्त भएका छन् । पुडासैनीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरे ।
भुटानमा आगामी सेप्टेम्बर १८ तारीखदेखि शुरु हुन गईरहेको साफ यु–१७ च्याम्पियनसिप र एएफसी यु–१७ एसियन कप छनौटका लागि हाल एन्फाले देशभरिबाट खुला खेलाडी छनौट गरी राष्ट्रिय यु–१७ टोली तयार पार्न केन्द्रिय छनौट कार्यक्रम सञ्चालन गरिरहेको छ ।
साफ यु–१७ च्याम्पियनसिपतर्फ समूह बी मा रहेको नेपालले आयोजक भुटानसँगै पाकिस्तान र श्रीलंकासँग खेल्ने कार्यक्रम छ । त्यस्तै समूह ए मा भने भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल सेप्टेम्बर २८ तारीखका दिन हुनेछ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान