News वडास्तरीय खेलमा सूर्यकिरण विजयी
बिक्रम बानियाँ क्षेत्री

मकवानपुरको मनहरी गाउँपालिका–१ चकरीमा जारी वडास्तरीय फुटबल प्रतियोगितामा सोमबारको खेलमा सूर्यकिरण युवा क्लव बिजयी भएको छ ।

नमूना युवा क्लबलाई ३–० गोल अन्तरले हराउँदै सूर्यकिरण बिजयी भएको हो । सूर्यकिरणको तर्फबाट सुरेन्द्र थोकर, रबिन लोप्चन र रुपक नेपालीले गोल गरेका हुन् ।

खेलमा सूर्यकिरणका सुरेन्द्र थोकर म्यान अफ द म्याच भए ।

प्रीतकुमार मोक्तान स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगितामा साविक हाँडीखोला गाविसमा १८ टिमको सहभागिता रहेको छ ।

Post Comments