News सेप्टेम्बरमा शून्य नेपाली अन्तर्राष्ट्रिय फुटबल, रेफ्रीलाई भने अवसर
गोलनेपाल

काठमाडौं । सेप्टेम्बर महिनाको फिफा विन्डोतर्फ दक्षिण एसियाका अधिकांश टोलीहरु अन्तर्राष्ट्रिय फुटबलमा व्यस्त रहँदा नेपाली टोलीको गतिविधी भने शून्य देखिएको छ । सेप्टेम्बर विन्डोतर्फ एन्फाले कुनै अन्तर्राष्ट्रिय म्याचका लागि पहल नगर्दा नेपाली टोली फुर्सदीमा बस्न परेको हो ।

दक्षिण एसियातर्फ भारतले सिरिया र मौरिसस सम्मिलित तीन देशिय इन्टरकन्टिनेन्टल कप खेल्दैछ । त्यस्तै पाकिस्तानले कम्बोडियासँग एसियन कप छनौटको खेलहरु खेल्दैछ भने भुटान र बंगलादेशले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्दैछन् ।

बिहीबार भुटान र बंगलादेश बीच चाङलिमिथाङ स्टेडियममा पहिलो अन्तर्राष्ट्रिय म्याच सम्पन्न भयो । खेलमा बंगलादेशले भुटानमाथि १–० को जित निकाल्यो । सेप्टेम्बरमा भलै नेपालले अन्तर्राष्ट्रिय फुटबल नखेले तापनि भुटान र बंगलादेश बीचको खेलमा नेपालको उपस्थिति भने देखियो ।

अर्थात् सो खेलमा निर्णायक (रेफ्री) को भूमिका नेपाली फिफा रेफ्रीहरु थिए । भुटान र बंगलादेश बीचको सो खेलमा सेन्टर रेफ्रीको भूमिकामा प्रज्ज्वल क्षेत्री थिए । त्यस्तै सहायक रेफ्रीमा किशन यादव र ननिराम थापा थिए ।

तर पनि अन्तर्राष्ट्रिय फिफा विन्डोतर्फ नेपालले आफ्नो उपस्थिति र प्रदर्शनलाई निरन्तरता दिन नपाउनु भनेको दुर्भाग्यपुर्ण हो । यसले नेपाली फुटबलमा प्रत्यक्ष रुपमा नकरात्मक प्रभाव पार्ने निश्चित पनि छ ।

Post Comments