News
सुजित निर्णायक बन्दा वातासिनो फाइनलमा
कावासोती । वातासिनो योङ स्टार युथ क्लब यहाँ जारी ३८औं युनाइटेड गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा वातासिनोले एभरेष्ट क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । खेलको ४४औं मिनटमा सुजित बुढाथोकीले पेनाल्टी मार्फत गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
वातासिनोले अब यही भदौ २९ गतेका दिन हुने फाइनलमा उपाधिका लागि रडस रामपुरसँग उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।
युनाइटेड युवा क्लब, गिरुबारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । फाइनल खेल भदौ २९ गतेका दिन हुनेछ ।
Post Comments