News
चौथो चरणको अन्तिम खेलमा चन्द्रपुरको पहिलो जित

काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितातर्फ चन्द्रपुर नगरपालिकाले शुक्रबार चौथो चरणको अन्तिम खेलमा लिगको आफ्नो पहिलो जित दर्ता गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा चन्द्रपुरले सुदुरपश्चिमलाई ४–० ले हरायो । चन्द्रपुरका लागि रजनी थोकर, अनिता राना मगर, सजनी थोकर र सुनिता सुनारले समान एक–एक गोल गरे ।
यो जितपछि ४ खेलबाट ५ अंक जोडेको चन्द्रपुर लिगतालिकाको छैठौं स्थानमा छ । पराजित सुदुरपश्चिम भने अंकविहीन रुपमा पुछार मै संघर्षरत छ । शिर्ष स्थानमा भने १० अंक जोडेको नेपाल पुलिस क्लब रहेको छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न