काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत पाँचौं चरणको खेल जारी रहँदा दावेदार एपिएफ फुटबल क्लबले लिगतालिकामा स्थान कब्जा गरेको छ ।
आइतबार भएको खेलमा एपिएफले कर्णाली प्रदेशमाथि शून्यका विरुद्ध ६ गोलको जित निकाल्दै शिर्ष स्थानमा आफ्नो पकड बनाएको हो । एपिएफका लागि रश्मी घिसिङले दुई गोल गर्दा रजनी थोकर, गीता राना र हेमा रावतले एक–एक गोल गरे । तप एक गोल भने कर्णालीकी बर्षा ओलीले आत्मघाती गोलका रुपमा गर्न पुगेकी थिईन् ।
यो जितपछि ५ खेलबाट १३ अंक जोडेको एपिएफ शिर्ष स्थानमा उक्लिएको छ । पराजित कर्णाली भने ५ खेलबाट १ अंक मात्र जोडेको छ र लिगतालिकाको पुछारतिर संघर्षरत छ ।
त्यस्तै आइतबार नै भएको अर्को खेलमा बागमती युवा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि ५ खेलबाट बागमतीको खातामा ४ अंक छ भने चन्द्रपुरको खातामा ६ अंक भएको छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)