News राखेपलाई एन्फाले अझै पेश गरेन कार्ययोजना
गोलनेपाल

काठमाडौं । दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माग गरेको अनुमानित लागत, समयावधी सहितको कार्ययोजना अखिल नेपाल फुटबल संघ (एन्फा) ले अझै पेश गरेको छैन् ।

साउन अन्तिममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिन भित्र एन्फाले परामर्शदाताको सुझाव अनुसार कार्ययोजना पेश गर्ने सहमती भएको थियो । सहमती अनुसार एन्फाले पन्ध्र दिन भित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरि फुटबल मैदानलाई स्तरोन्नती गर्न कार्ययोजना पेश गर्नु पर्ने थियो ।

तर छलफल भएको एक महिना बिति सक्दा पनि कार्य योजना पेश नगरेको भन्दै राखेपले फेरी ध्यानाकर्षण गराउन पत्राचार गरेको छ । सात दिन भित्र लागत, आवश्यक पर्ने समयावधीसहितको कार्ययोजना पेश गर्न पुन पत्राचार गरिएको राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिएका छन् ।

Post Comments