News संविधानको दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । संविधान दिवसको अवसर पारेर पिएलए मकवानपुरको आयोजनामा पुर्व जनमुक्ति सेना बिच मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न भएको छ ।

पिप्ले क्याम्पा रंगशालामा भएको मैत्रीपूर्ण फुटबल म्याच पिएलए, सिन्धुलीले पिएलए मकवानपुरलाई ३–१ ले हरायो । सोही अवसरमा बागमति प्रदेशको पुर्व सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख अतिथ्यतासँगै अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

स्मरण रहोस, संविधान दिवसको अवसर पारी मकवानपुर बाहेक अन्य जिल्लाहरुमा पनि विविध कार्यक्रहरु गरी भव्यताका साथ मनाइएको थियो ।

Post Comments