News दोस्रो जहरसिंह पौवा कप असोज १२ देखि
गोलनेपाल

काठमाडौं । जहरसिंह पौवा युवा क्लब, शंकरापुर–३, काठमाडौंको आयोजनामा यही असोज १२ गतेदेखि २३ गतेसम्म दोस्रो जहरसिंह पौवा कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

शंकरापुरा–३ स्थित जहरसिंह पौवा खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

 

Post Comments