News
श्रीलंकामाथि नेपालको प्रभावशाली जित
काठमाडौं । भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिपतर्फ आफ्नो पहिलो खेलमा पाकिस्तानसँग स्तब्धपुर्ण हार बेहोरेको नेपालले दोस्रो खेलमा सोमबार प्रभावशाली जित हात पारेको छ ।
चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले श्रीलंकामाथि ४–० को एकतर्फी जित निकाल्यो । नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरे भने थप एक गोल विज्ञान खड्काले गरे ।
यो जितसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कायम छ । नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार बलियो आँकिएको आयोजक भुटानसँग खेल्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल