News मकवानपुर जिल्ला लिगः पोताला र पदमपोखरी सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । एफसी पोताला र पदमपोखरी युवा क्लब यहाँ जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने शुरुवाती दुई टोली बनेका छन् ।

पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा पोतालाले न्यु कम्बाईन क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा पदमपोखरीले सक्षम युवा क्लबलाई टाईब्रेकरमा हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

पोताला विरुद्ध कम्बाईनको उजुरी

त्यस्तै खेलमा नियमविपरीत अर्को जिल्लाको खेलाडी खेलाएको भन्दै कम्बाइनले पोताला विरुद्ध उजुरी दर्ता गराएको छ। पोतालाबाट खेलेका सन्त घलेको गोरखा जिल्लाको नागरिकता भएको, बसाइँसराइ नभएको र गोरखा जिल्लाको लिगसमेत खेलेको भन्दै कम्बाइनले उजुरी गरेको हो यो बिषयमा छानबिन भईरहेको लिग संयोजक युवराज लामा ले जानकारी दिए ।

 
Post Comments