शनिश्चरे । झापाको अर्जुनधारा १ स्थित सहिद टेक-मान रंगशालामा असोज १४ गतेदेखि डा.सा.ब. युवा क्लबको आयोजनामा दोस्रो प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा १० टोली सहभागी रहने प्रतियोगिताको फाइनल खेल असोज २३ गते हुने जानकारी दिइयो ।
प्रतियोगिता संयोजक बेनुकुमार राईका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार र ट्रफी पाउने छ भने उपविजेताले नगद ३० हजारमा चित्त बुझाउनु पर्नेछ । यसैगरी, प्लेयर अफ दी म्याचसँगै अन्य विधागत पुरस्कार पनि रहेको जनाइएको छ ।
संयोजक राईका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । वडा कार्यालय, सामाजिक संघसंस्था, फुटबलप्रेमी, सामुदायिक वन कार्यालयको सहयोगमा प्रतियोगिता सम्पन्न हुने भएको छ ।
प्रतियोगितामा आयोजकसँगै शनिश्चरे एफसी, न्यू स्टार क्लब खोपबाडी, जामुनखाडी, बाहुनडाँगी, न्यू भिजन युथ क्लब, झापा एफसी, त्रिवेणी एफसी, सैनिक ११ र मुजुरभिट्टा केरखाको सहभागिता रहने भएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा