News
जितका साथ सुपर लिग चरणमा एपिएफ र आर्मी

काठमाडौं । उपाधिका लागि दुई बलिया प्रत्याशी एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले जितका साथ एन्फा महिला लिगको पहिलो चरणको यात्रा समापन गरेका छन ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपिएफले बागमती युथ क्लबमाथि ७–० को जित निकाल्दा आर्मीले कर्णाली प्रदेशलाई ५–० ले हरायो । स्मरणीय छ, एपिएफ र आर्मी यसअघि नै सुपर लिग चरणमा प्रवेश गरिसकेका छन् ।
शुक्रबारको नतिजापछि ९ खेलबाट २५ अंक जोडेको एपिएफ शिर्ष स्थानमा यथावत छ । पराजित बागमती भने १० अंकका साथ छैठौं स्थानमा रहेर लिगको समापन गर्न बाध्य बनेको छ ।
त्यस्तै आर्मीले कर्णालीमाथि जित हात पारेपछि १० खेलबाट २२ अंकका साथ दोस्रो स्थानमा छ । पराजित कर्णाली भने ४ अंकका साथ लिगतालिका को नवौं स्थानमा रहेर सिजनको समापन गरेको छ ।
Post Comments
Related News
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग
- सयौं खेलमा नेपालको शानदार जित
- नेपाली महिला फुटबल टोली सयौं अन्तर्राष्ट्रिय खेल खेल्दै, सरुको ५०औं खेल
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त