
काठमाडौं । दोस्रो जहर सिंह पौवा कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत फ्रेण्डस अफ तामाङ र एसएलवाइसीले जित हात पार्दा अर्को खेलमा वाक ओभर दिइएको छ ।
दिनको पहिलो खेलमा फ्रेण्डस अफ तामाङले लेखापढीलाई ४–१ ले हरायो । खेलमा फ्रेण्डस अफ तामाङका सञ्जोग महर्जन म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा एसएलवाइसीले बिज एण्ड दि लोकल्सलाई २–० ले हरायो । एसएलवाइसीका लागि दुवै गोल विशिष लामाले गरे । र, लामा नै खेलको म्यान अफ द म्याच चुनिए ।
तेस्रो खेलमा भने स्काइ क्लब मैदानमा उपस्थित नभएपछि बिएफजीलाई विजेता घोषणा गरिएको आयोजकले जानकारी दियो ।
जहरसिंह पौवा युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही असोज २३ गतेका दिन हुनेछ ।