News फ्रेण्डस अफ तामाङ, बोजिनी र हिमानीको जित
गोलनेपाल

काठमाडौं । दोस्रो जहरसिंहपौवा कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार फ्रेण्डस अफ तामाङ, बोजिनी युथ क्लब र हिमानी फुटबल क्लबले जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा फ्रेण्डस अफ तामाङले भुल्बु युथ क्लबलाई शून्यका विरुद्ध ७ गोलको फराकिलो अन्तरले हरायो । खेलमा फ्रेण्डस अफ तामाङका उत्तम शाही म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा बोजिनी युथ क्लबले हिल साईड एकेडेमीलाई ४–० को अन्तरले पराजित गर्यो । खेलमा बोजिनीका सुशान्त श्रेष्ठ म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दिनको तेस्रो खेलमा हिमानीले लामा गाईजलाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ हिमानीलाई खेल जित्ने अवसर थियो । हिमानीले पाएको पेनाल्टी अवसरलाई प्रकाश गुरुङले सदुपयोग गर्न नसक्दा हिमानीलाई टाईब्रेकरसम्म संघर्ष गर्नुपर्यो ।

जहरसिंह पौवा युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही असोज २३ गतेका दिन हुनेछ ।

Post Comments