थालाजुङ । बडा दशैंको अवसर पारी शुक्रबारदेखि गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित थालाजुङमा शुरु भएको १६औं दशैं रनिङ कप खुला नकआउट फुटबल प्रतियोगितामा साविक विजेता हरमटारी फुटबल क्लबले फराकिलो जितका साथ उत्कृष्ट शुरुवात गरेको छ ।
सिरानचोक स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा हरमटारीले आयोजक युनाइटेड युथ क्लब (बी) लाई ८–१ को फराकिलो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । यो जितसँगै हरमटारी क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सिरानचोक गाउँपालिका, गोरखाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले गरेका थिए । अध्यक्ष गुरुङले यो प्रतियोगिता सिरानचोक गाउँपालिका कै प्रतिष्ठाको खेल महोत्सव रहेको बताउँदै गाउँपालिकाले प्रतियोगितालाई आउने दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्वता जनाए ।
युनाइटेड युथ क्लब, सिरानचोक–२, थालाजुङ, गोरखाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुरेश गुरुङले बताए ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २३ गतेका दिन हुने खेल संयोजक मोहन गुरुङले बताए ।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन