News घरेलु टोली इनरुवा फाइनलमा
गोलनेपाल

इनरुवा । सहज जितका साथ आयोजक इनरुवा फुटबल क्लब, इनरुवा यहाँ जारी इनरुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ इनरुवाले रुसडेक फुटबल क्लब, तरहरालाई ४–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

इनरुवाको जितमा श्रवण ढकालले तीन गोलसहित ह्याट्रिक पूरा गर्दा थप एक गोल बिकी माझीले गरे । उता पराजित रुसडेकका लागि युगल सिवाले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

खेलमा ह्याट्रिक गरेका श्रवण ढकाल म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत असोज २१ गते सोमबारको दोस्रो सेमिफाइनल खेल झुम्का फुटबल क्लब, रामधुनी र बिराट स्पोर्टस एकेडेमी, बिराटनगर बीच हुने आयोजकले जानकारी दियो ।

इनरुवा फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २२ गतेका दिन हुनेछ ।

 

Post Comments