
काठमाडौं । बोजिनी युथ क्लब र शंखरापुर–४ फुटबल क्लब यहाँ जारी दोस्रो जहरसिंहपौवा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । मंगलबार सम्पन्न दुई सेमिफाइनलहरुमा जित निकाल्दै बोजिनी र शंखरापुरले फायनल भेट पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलमा बोजिनीले बिएफजीलाई शून्यका विरुद्ध ३ गोलले हरायो । बोजिनीका लागि विलसन रिचार्डले ह्याट्रिक गरे । ह्याट्रिककर्ता रिचार्ड नै खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
दोस्रो सेमिफाइनलमा शंखरापुरले भिखाटार युथ क्लबलाई समान ३–० को अन्तरले हरायो । शंखरापुरको जितमा समिर खड्का र सनिष श्रेष्ठले एक–एक गोल गर्दा थप एक गोल भने आत्मघाती गोलका रुपमा भएको थियो । खेलमा शंखरापुर कै देवराज तामाङ म्यान अफ दि म्याच चुनिए ।
जहरसिंह पौवा युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही असोज २३ गतेका दिन हुनेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय