काठमाडौं । बु.न.पा. ३ र बु.न.पा. ९ यहाँ जारी नवौ बुढानीलकण्ठ नगर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुढानिलकण्ठ स्कुलको खेलमैदानमा भएको पहिलो क्वाटरफाईनल खेलमा बु न पा ३ को शिवपुरी युवा क्लबले बु.न.पा २ को वाशिकु क्लबलाई ० का विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिष्पर्धात्मक खेलमा दुवै टोलीले राम्रा अबसरहरु निकालेका थिए । वाशिकु क्लबले पाएको केहि राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा नतिजा शिवपुरीलाई सुम्पेको थियो । खेलमा बिजयी शिवपुरीका एरिक बिष्ट म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै दोश्रो क्वाटरफाइनलमा बु.न.पा ९ ले बु.न.पा १० लाई पनि समान शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । खेलमा बु.न.पा. ९ का जतिन बराल म्यान अफ दि म्याच चुनिए ।
विजयादशमीको अवसर पारी बुढानिलकण्ठ युवा समाजले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै