काठमाडौं । नवौं बुढानिलकण्ठ नगर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा शिवपुरी नवजागृत युवा क्लब र शिवपुरी युवा क्लब उपाधिका लागि भिड्ने भएका छन् ।
बुढानिलकण्ठ स्कुलको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा शिवपुरी नवजागृतले रिभरसाईड क्लबलाई ३–० ले हरायो । दुई टोलीबीचको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा जारी रहँदा असन्तुष्टी जनाउँदै रिभरसाइडका खेलाडीहरुले मैदान छाडेका थिए ।
नियमानुसार रिभरसाईडका खेलाडीहरुलाई पूनः मैदानमा प्रवेश नगरेपछि आयोजकले शिवपुरी नवजागृतलाई ३–० को नतिजाले विजयी घोषणा गरेको थियो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा शिवपुरी युवा क्लबले बुढानिलकण्ठ वार्ड नम्बर ९ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल प्रवेश गर्यो । शिवपुरीको जितमा एरिक बिष्टले एक मात्र निर्णायक गोल गरे ।
विजयादशमीको अवसर पारी बुढानिलकण्ठ युवा समाजले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल असोज २५ गतेका दिन हुनेछ ।
- आयोजक नागस्वतीलाई तेस्रो नागस्वती भेट्रान्स कपको उपाधि
- जोरपाटी र आयोजक नागस्वती भेट्रान्स फाइनलमा भिड्ने
- आयोजक नागस्वती, लेकसाईड र जोरपाटी भेट्रान्स सेमिफाइनलमा
- तेस्रो नागस्वती भेट्रान्स कपः दोस्रो चरणका चार खेलहरु सम्पन्न
- तेस्रो नागस्वती भेट्रान्स कपः आयोजक नागस्वती, हेटौडा र चितवन भेट्रान्सको विजयी शुरुवात