काठमाडौं । बिहीबारदेखि नेपालमा शुरु हुन गईरहेको प्रतिष्ठित साफ महिला च्याम्पियनसिपतर्फ उद्घाटन खेलमा दक्षिण एसियाका दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै गर्दा सो खेलमा भारतीय कप्तान आशालता देवीका लागि थप विशेष र अर्थपूर्ण रहनेछ ।
अर्थात् बिहीबार पाकिस्तान विरुद्ध उत्रिदा भारतीय कप्तान आशालताको त्यो १००औं खेल हुनेछ । साफ महिला च्याम्पियनसिपको सफलतम टोली र यसपटक पनि दावेदारका रुपमा हेरिएको भारत अनुभवी डिफेन्डर आशालता र्कै कप्तानीमा उत्रिंदैछ ।
आशाले आफ्नो १००औं खेलबारे बोल्दै पाकिस्तान विरुद्धको खेललाई आफू उत्साहित रहेको बताएकी छिन् । सयौं खेल विशेष भए तापनि आफ्नो ध्यान र लक्ष्य साफ महिला च्याम्पियनसिपको उपाधि जित्नु रहेको बताएकी छिन् ।
स्मरण रहोस, साफ महिला च्याम्पियनसिपतर्फ समूह ए मा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश रहेको छ । त्यस्तै समूह बी तर्फ आयोजक तथा गत संस्करणको उपविजेता नेपालसँगै भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल