काठमाडौं । जापानमा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित डायमण्ड नारिता फुटबल क्लबको आयोजनामा आगामी नोभेम्बर २४ तारीखका दिन तेस्रो डायमण्ड कप हुने भएको छ ।
जागारेयामा शहर स्थित जेड फुटसल स्पोर्टमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि १६ नोभेम्बरसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४१००० जापानी येन तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित तगद ४ लाख जापानी येन हात पार्नेछ भने उपविजेताले २ लाख जापानी येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई जनही ५०–५० हजार येन प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसबाहेक उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी गरी विधागततर्फ चार विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि जनही ५–५ हजार जापानी इेन र ट्रफी प्रदान गरिने आयोजकले जानकारी दियो ।