News
अन्तर्राष्ट्रिय फुटबलमा सजनीको डेब्यु

काठमाडौ । नेपालको विभिन्न उमेर समुहमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेकी सजनी थोकरले सोमबार सीनियर टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यु गरिन ।
साफ महिला च्याम्पियनसिपको समूह बी तर्फ नेपालले माल्दिभ्सविरुद्ध खेलेको आफ्नो दोस्रो खेलमा सजनीले नेपालका लागि सिनियर टोलीमा डेब्यु गरेकी हुन । सजनीले खेलको ६६औं मिनेटमा गीता रानाको स्थानमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो लागि त्यो दिन विशेष बनाईन ।
स्मरण रहोस, सो खेलमा नेपालले माल्दिभ्समाथी ११-० को फराकिलो जित निकालेको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार श्रीलंकाको सामना गर्नेछ ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)