News प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा श्रीजंगा क्लव बिजयी
गोपाल काफ्ले

प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आज श्रीजंगा क्लव बिजयी भएको छ । श्रीजंगा क्लवले हेरिका न्यू स्टारक्लब लाई १-० गोलले पराजित गरी ३ अंक बटुल्न सफल भयो। 

खेलको ३३ औँ मिनेटमा दिलकुमार याक्सोले गरेको गोल नै निर्णाय बन्यो खेलको खेलअवधिभर दवावमा रहेको हेरिक न्यूस्टारले निकैवटा प्रहारलाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्न पुग्यो । खेलको ५६ औँ मिनेटमा बुद्ध राना मगरको उत्कृष्ट प्रहार गोल पोस्टमा लागेर रिवाउण्ड हुँदा गोल गर्नबाट चुक्यो । लगातार ३ वटा सुनौला मौका पाउदा पनि गोललाई पोस्टको दिशा दिन नसक्दा हेरिका पराजित हुन पुग्यो। ।

प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको म्यान अफदी म्याच श्रीजंगा क्लवका खेलाडी विवेक आङ्देम्बे घोषित भए ।

लिगकम नकआउट शैलीमा मोफसलको पहिलो पटक खेलाडी लिलाम बढाबढ बाट खेल आयोजना गरिएको हो ।

शनिबारको खेल १० नवोदय र देवीगंज एफसी बिच हुने आयोजक कमिटिले जनाएको छ ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।्

Post Comments