News माघ पहिलो सातादेखि माडी गोल्डकप
गोलनेपाल

बसन्तपुर । नेपालमा घरेलु फुटबलको सिजन फर्किए लगतै माघको पहिला सातादेखि चितवनमा पनि दोस्रो माडी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर बजार चितवनको आयोजनामा आउँदो माघ २ देखि १० गतेसम्म हुन गईरहेको प्रतियोगितामा चितवन, पर्सा, मकवानपुर, रुपन्देही, पोखरा र काठमाडौंका टोलीहरुको सहभागिता रहनेछ ।

मुख्य प्रवद्र्धक माडी नगरपालिका र प्रवद्र्धक चितवन जिल्ला फुटबल संघ रहेको प्रतियोगिताका खेलहरु माडी–३ स्थित बसन्तपुर खेलमैदानमा हुनेछ ।

विजेताले दुई लाख पाउने

त्यस्तै प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख हात पार्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डले जनही ५–५ हजार हात पार्नेछन् भने सर्वाधिक गोलकर्तालाई ७५ ०० प्रदान गरिनेछ ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही नगद ३५००–३५०० सहित पुरस्कृत गरिनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि ३००० रुपैयाँ पुरस्कार रहेको आयोजकले जनाएको छ ।

युवाहरुको बाटो कुलत र दुब्र्यशन होईन, चेतना संगठन र राष्ट्र निर्माण हो भन्ने मुख्य सन्देश रहेको प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न आयोजक बसन्तपुर युनाइटेड क्लबले सबैसँग आग्रह गरेको छ ।

 

Post Comments