सन्दकपुर । इलामको सन्दकपुर ५ जमुनामा जारी कागे मेला २०८१ को तेस्रो दिन देउराली जुनियर्स र इङला वारियर्स विजयी भएका छन । गजाधर धनमायॉ रंगशालामा बुधबार सम्पन्न पहिलो खेलमा छिन्तापु एफ.सि.लाइ शुन्यका विरूद्ध एक गोलले पराजित गर्दै टारी एफसी प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।
त्यस्तै खुल्ला पुरूष तर्फको मंगलबारको दोस्रो खेलमा इङला वारियर्सले पूर्व क्षितित स्पोर्टिङ क्लबलाई दुइका विरूद्ध तीन गोल गर्दै इङलाले विजयी शुरूवात गरेको छ ।
मेलाको अवसरमा आयोजित भेट्रान्स फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलबाट सन्दकपुर शिक्षक भेट्रान्स क्वाटर फाइनलमा प्रवेश गरेको छ । ड्राइभर भेट्रान्सलाई ३-२ गोलले पराजित गर्दै शिक्षक भ्ट्रान्स क्वाटर फाइनलमा पुगेको हो ।
बिहीबार पनि खुल्ला पुरूष फुटबल तर्फ पहिलो चरणका दुइ खेल र भेट्रान्स तर्फ एक खेल हुने जमुना फुटबल क्लबका अध्यक्ष जीवन गुरूङले जानकारी दिए ।
बिस टिम सहभागि रहेको खुल्ला पुरूष फुटबल तर्फको विजेताले एक लाख पचास हजार सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले पचहत्तर हजार सहित ट्रफि प्राप्त गर्नेछ ।