बेलबारी । झापा–११ फुटबल क्लब, बिर्तामोड, झापा यहाँ जारी सातौं बेलबारी आरजु राईस गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा झापाले बुटवल लुम्बिनी फुटबल क्लब, रुपन्देहीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । झापाको जितमा दुवै गोल आशिष चापागाईंले गरे । चापागाईं नै म्यान अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत कार्तिक ९ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल चित्लाङ फुटबल क्लब, काठमाडौं र सलहेश युवा क्लब, सिराहा बीच हुने आयोजकले जानकारी दियो ।
एलएक्स सिटी फुटबल क्लब, बेलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १० गतेका दिन हुन ।