सन्दकपुर । इलामको सन्दकपुर ५ जमुनामा जारी कागे मेला २०८१ को पॉचौ दिन शुक्रबार खुल्ला पुरूष तर्फ प्रि क्वाटर फाइनलका दुइ खेल सम्पन्न भएका छन ।
पहिलो खेलमा टोड्के झरना स्पोटिङ क्लबले टारी एफसीलाई पेनाल्टि सुटआउटमा ५-४ गोलले पराजित गर्दै टोड्के क्वाटर फाइनलमा प्रवेश गरेको हो ।निर्धारित समयमा दुबै टिमबाट एक एकको बराबरी भएपछि नतिजा पेनाल्टि सुट आउटबाट निकालिएको थियो ।
त्यस्तै दोस्रो खेलमा एल्लो सेभेन सन्दकपुरलाई ३-० ले पराजित गर्दै आर आर सी प्याङ माइजोगमाई प्रतियोगिताको क्वाटर फाइनल पुगेको हो ।आर आर सी को जितका लागि दिवश थेवेले दुई र लबकुश राइले एक गोल गरे ।
मेलाको अवसरमा आयोजित भेट्रान्स फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न पहिलो क्वाटर फाइनलबाट पेनाल्टि सुट आउटमा सन्दकपुर शिक्षकलाइ पराजित गर्दै तालगाउँ भेट्रान्स सेमिफाइनलमा पुगेको छ ।
शनिबार पनि खुल्ला पुरूष फुटबल तर्फको प्री क्वाटर फाइनलका दुइ खेल र भेट्रान्स तर्फ दोस्रो क्वाटर फाइनल हुने जमुना फुटबल क्लबका अध्यक्ष जीवन गुरूङले जानकारी दिनुभयो ।
बिस टिम सहभागि रहेको खुल्ला पुरूष फुटबल तर्फको विजेताले एक लाख पचास हजार सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले पचहत्तर हजार सहित ट्रफि प्राप्त गर्नेछ ।
त्यस्तै एघार टीम सहभागि भेट्रान्स तर्फको विजेताले बीस हजार सहित ट्रफि र उपविजेताले दश हजार सहित ट्रफि प्राप्त गर्ने अध्यक्ष गरुङले जानकारी दिनुभयो ।