News ह्याप्पी क्लबलाई इँटाभट्टा कपको उपाधि
रमेश समदर्शी

झापा । आयोजक इँटाभट्टा एफसीलाई सडनडेथमा पन्छाउँदै काँकरभिट्टाको ह्याप्पी क्लब प्रथम इँटाभट्टा फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

आज मेचीनगर ८ स्ति शान्ति वन बाटिकामा सम्पन्न फाइनल खेलमा आयोजकका निशान लिम्बूले ३५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ह्याप्पी क्लबका आशिष चापागाइँले ४४औँ मिनेटमा गोल गरी बराबरी गरेका थिए ।

खेलको छिनोफानोका लागि रोजिएको टाइब्रेकरमा पनि समान २-२ गोल भएपछि खेल सडनडेथमा धकेलिएको थियो । सडनडेथमा अन्ततः ३-२ गोलअन्तरमा बाजी मार्दै ह्याप्पी क्लबले उपाधि रक्षा गरेको हो ।

खेलको बेस्ट प्लेयर आयोजकका निशान लिम्बू भए । उनले नगद १५ हजार पाए । सर्वाधिक गोलकर्ता बनेका उनीसँगै आशिष चापागाईले समान ३-३ हजार बाँडे । यस्तै, आशिषले नै बेस्ट स्ट्राइकर बनेसँगै नगद ५ हजार पाउन सफल भए ।

यसैगरी, आयोजकका रविन मगर बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर ह्याप्पी क्लबका मौसम लिम्बू, खेलको म्यान अफ दी म्याच आयोजकका गोलरक्षक युवराज पुरी, राइजिङ प्लेयर आयोजकका रोजक लिम्बू, बेस्ट गोलकिप्पर ह्याप्पी क्लबका देवान भुजेल र बेस्ट कोच ह्याप्पीकै दिपक राई भए ।

सबै विधागत पुरस्कारका विजेता खेलाडीले नगद ५-५ हजार पाए भने प्लेयर अफ दी म्याच र राइजिङ प्लेयरले जनही २ हजार ५ सय पाए । 

Post Comments