News
दोस्रो बेलका गोल्डकपको उपाधिका गाइघाट एफसी उदयपुरलाई
उदयपुरको बेलकामा सम्पन्न वाइवाई दोस्रो बेलका गोल्डकपकको उपाधि गाइघाट एफ सी उदयपुरले हात पारेको छ ।
लेकाली रंगशालामा शनिबार सम्पन्न फाइनलमा एभरेष्ट एफसी सुनसरीलाई २-० ले पराजित गर्दै गाइघाट एफसी उदयपुरले उपाधि जितेको हो उपाधिसंगै गाइघाटले विजेताले उपाधिसंगै १ लाख ११ हजार १ सय एघार सहित ट्रफि प्राप्त गर्यो भने उपविजेता एभरेष्टले ५५ हजार ५ सय ५५ सहित ट्रफिमा चित् बुझायो ।
प्रतियोगिताको वेष्ट गोल किप्पर घाइघाटका अनिल मगर, बेष्ट डिफेन्डर एभरेष्टका सन्जय श्रेष्ठ ,म्यान अफ दि म्याच गाइघाटका रवि शंकर,सर्वोकृष्ट खेलाडीमा गाइघाटका सुदिप श्रेष्ठ,हाइ स्कोररमा एभरेष्टका आकाश राइ र उदयमान खेलाडीमा ब्रदरहुड एफसीका राजन मगर घोषित भए ।
Post Comments